नयाँ दिल्लीको वायुप्रदूषण अत्यन्तै खराब

कार्तिक ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
नयाँ दिल्लीको वायुप्रदूषण अत्यन्तै खराब

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा आज पुनः वायुको गुणस्तर अत्यन्तै खराब मापन गरिएको छ ।

दिल्लीमा प्रत्येक वर्ष जाडो याम सुरु भएसँगै वायु प्रदुषणको समस्या निम्तिने गरेको छ । यसवर्ष पनि जाडो याम सुरु भएसँगै दिल्लीको हावाको गुणस्तर खस्किन थालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आज मात्रै दिल्लीका अधिकांश ठाउँमा वायुको गुणस्तर सूचकांक एक्युआइ २५० भन्दा माथि रहेको बताइएको छ ।

केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डको वेबसाइटका अनुसार आनन्द विहारसहित दिल्लीका केही क्षेत्रहरूमा प्रदूषणस्तर ३ सय माथि थियो, जुन ‘अत्यन्तै खराब’ श्रेणीमा पर्छ। दिल्लीका मुख्यमन्त्री आतिशी मार्लेनाले राज्यका वातावरणमन्त्री गोपाल रायसँगै आनन्द विहारको भ्रमण गर्नुभएको थियो ।

यस क्रममा आतिशीले प्रदूषण नियन्त्रण गर्ने प्रयासको अनुगमन गर्नुका साथै आनन्द विहार क्षेत्रमा उच्च वायु प्रदूषण हुनुको कारणबारे पनि छलफल गर्नुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसैबीच, काठमाडौँको वायुको स्तर पनि निकै खस्कँदै गइरहेको एअर क्वालिटी इन्डेक्सले देखाएको छ । एअर क्वालिटी इन्डेक्स अनुसार विहान सवा १० बजेसम्ममा वायू गुणस्तरको सुचकाङ्क १४२ रहेको छ भने ललितपुरको १५७ रहेको छ । त्यस्तै भक्तपुरको १३७ रहेको क्वालिटी इन्डेक्सको वेबसाइटमा उल्लेख छ । यस आधारमा काठमाडौँ विश्वको नवौँ प्रदूषित सहरको रुपमा छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.