इजरायली प्रधानमन्त्री नेतन्याहूको घर लक्षित ड्रोन आक्रमण

कार्तिक ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
इजरायली प्रधानमन्त्री नेतन्याहूको घर लक्षित ड्रोन आक्रमण

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको घरलाई लक्षित गर्दै ड्रोन आक्रमण भएको छ । इजरायली प्रधानमन्त्रीको कार्यालयका अनुसार उत्तरी इजरायलको काइसारियास्थित घरमा आक्रमण भएको हो ।

तीन वटा ड्रोन प्रहार भएकोमा एउटा भवनमा खसेको थियो भने दुई वटालाई आकाशमै नष्ट गरिएको इजरायली सेनाले जनाएको छ । आक्रमणका बेला नेतन्याहू घरमा नभएको र कुनै मानवीय क्षति पनि नभएको सेनाले जनाएको छ ।

यता, दक्षिणी लेबनानको बिन्ट जबिल क्षेत्रमा गरिएको आक्रमणमा हिजबुल्लाहका दोस्रो वरियताका कमान्ड मारिएको इजरायली सेनाले दाबी गरेको छ । तर, हिजबुल्लाहले यसको औपचारिक पुष्टि गरेको छैन ।

हिजबुल्लाहले पनि इजरायली सेनाको प्रतिरोध जारी राखेको छ । लेबनानबाट इजरायलको हाइफा र उत्तरी इजरायलका अन्य सहरलक्षित गर्दै ५० भन्दा बढी रकेट प्रहार भएको इजरायली सेनाले जनाएको छ । ती रकेटलाई आइरन डोम हवाई प्रतिरक्षा प्रणालीमार्फत नष्ट गरिएको इजरायल डिफेन्स फोर्सले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.