नाइजेरियामा इन्धन भरिएको ट्यांकर पल्टिँदा तेल उठाउन गएका ९४ जनाको जलेर मृत्यु

आश्विन ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
नाइजेरियामा इन्धन भरिएको ट्यांकर पल्टिँदा तेल उठाउन गएका ९४ जनाको जलेर मृत्यु

काठमाडौं । नाइजेरियामा इन्धन भरिएको ट्यांकर पल्टिएपछि तेल उठाउन गएका ९४ जनाको जलेर मृत्यु भएको छ ।

नाइजेरियाको उत्तरी राज्य जिगावाको मजिया सहरमा स्थानीय समय अनुसार राति साढे ११ बजे यो घटना भएको हो ।

दुर्घटनामा ९४ जनाको ज्यान गएको र ५० जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रहरीले ट्यांकर पल्टिएको स्थानमा नजान भने पनि अनियन्त्रित भिड तेल संकलन गर्न पुगेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.