बंगलादेशको सरकारद्वारा हसिना सरकारका मन्त्री र अवामी लिगका सांसदलाई देश छाड्न प्रतिबन्ध

भाद्र १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
बंगलादेशको सरकारद्वारा हसिना सरकारका मन्त्री र अवामी लिगका सांसदलाई देश छाड्न प्रतिबन्ध

काठमाडौं । बंगलादेशको अन्तरिम सरकारले शेख हसिना सरकारका आठ मन्त्री र अवामी लिगका छ सांसदलाई देश छाड्न प्रतिबन्ध लगाएको छ ।

सरकारले पूर्वमन्त्रीहरू जाहिद मलिक, दिपु मोनी, मोहिबुल हसन चौधरी नौफेल, साधनचन्द्र मजुमदार, नुरुल मजिद महमूद हुमायुँ, कमल अहमद मजुमदार, शाहजहान खान र कमरुल इस्लामलाई प्रतिबन्ध लगाएको हो । 

त्यस्तै सलीम उद्दीन, मामुनुर रसिद किरण, कुजेन्द्रलाल त्रिपुरा, काजिम उद्दिन, नूर आलम चौधरी र जियाउर रहमान गरी ६ सांसदलाई देश छाड्न प्रतिबन्ध लगाइएको छ। त्यस्तै, अदालतले शेख हसिना सरकारमा वाणिज्यमन्त्री रहेका टिपु मुन्सीलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको छ । 

राजधानीको बड्डा प्रहरी चौकीमा सुमन सिकदार नामका व्यक्तिको हत्या गरेको अभियोगमा मुन्सीलाई हिरासतमा राखिएको जनाइएको छ । यसैबीच, भारतीय विदेश मन्त्रालयले बंगलादेशको पछिल्लो परिस्थतिका कारण त्यहाँ चलिरहेका भारतीय परियोजना स्थगन गरिएको जनाएको छ। प्रवक्ता रणधीर जैसवालले ब‌ंगलादेशका परियोजनाबाट केही व्यक्ति फिर्ता आउनुपरेका कारण ती आयोजना रोकिएको बताउनुभएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement