जाजरकोटमा अरिङ्गालको टोकेइबाट एक पुरुषको मृत्यु

भाद्र २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
जाजरकोटमा अरिङ्गालको टोकेइबाट एक पुरुषको मृत्यु

जाजरकोट । जाजरकोटमा अरिङ्गालले टोकेर एकजना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा बारेकोट गाउँपालिका-५ पाखा गाँउ बस्ने वर्ष ४२ का पृथ्वी बिक्रम शाही रहेका छन् ।

शुक्रबार राति घर नजिकै ग्राजको रुखमा अरिङ्गाल पोल्न गएको अवस्थामा अरिङ्गालले टोकेर शाही घाइते भएका थिए ।

घाइते शाहीलाई उपचारको लागि स्थानीय र प्रहरी टोलीले स्ट्रेचरमा बोकी स्वास्थ्य चौकी लिम्सा जाजरकोटमा ल्याएकोमा उपचार सम्भव नभएपछि नगर अस्पताल दल्लीमा पठाईएको थियो ।

दल्ली अस्पतालमा ल्याएर चेकजाँच गर्दा डाक्टरले शनिवार साढे ६ बजेको समयमा शाहीलाई मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक (डिएसपी) पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिनुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement