विवादित गलवानसहित पूर्वी लद्दाखका चार स्थानबाट चिनियाँ सेना फिर्ता

भाद्र २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
विवादित गलवानसहित पूर्वी लद्दाखका चार स्थानबाट चिनियाँ सेना फिर्ता

काठमाडौं । चीनको विदेश मन्त्रालयले विवादित गलवान उपत्यकासहित पूर्वी लद्दाखका चार स्थानबाट आफ्नो सेना फिर्ता भएको जनाएको छ ।

भारतीय विदेशमन्त्री एस जयशंकरले जेनेभामा चीनसँगको ‘सेना फिर्ता गर्ने समस्या’ ७५ प्रतिशत समाधान भइसकेको बताएको एक दिनपछि चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ताको भनाइ आएको हो ।

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्त माओ निंङले रुसको सेन्ट पिटर्सबर्गमा आयोजित ब्रिक्स सम्मेलनको साइडलाइनमा चिनियाँ विदेश मन्त्री वाङ यी र भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकारबीच भएको सहमति अनुसार उक्त स्थानहरुबाट सैनिक फिर्ता भएको स्पष्ट पार्नुभयो । पूर्वी लद्दाखमा भएको सैन्य गतिरोधका कारण चार वर्षदेखि रोकिएको द्विपक्षीय सम्बन्धलाई पुनर्जीवित गर्न दुई देश कुनै प्रगतिको नजिक छन् कि छैनन भन्ने विषयमा सोधिएको प्रश्नको जवाफ प्रवक्ता माओले दुवै देशका सेना गलवानसहित चार क्षेत्रबाट फिर्ता भइसकेको र सीमामा स्थिति स्थिर रहेको बताउनुभएको छ ।

दुई देशका फ्रन्टलाइन सेनाले गलवान उपत्यका सहित चीन-भारत सीमा (पूर्वी लद्दाख)को पश्चिमी क्षेत्रका चार क्षेत्रमा फिर्ता भएपछि सीमामा स्थिती नियन्त्रणमा रहेको उहाँको भनाई छ । त्यस्तै उहाँले दुई उच्च पदस्थ कुटनीतीज्ञहरुको भेटमा भारत र चीनले द्विपक्षीय सम्बन्ध सुधारका लागि परिस्थिति सिर्जना गर्न मिलेर काम गर्न सहमत भएको र सीमा विवादको पछिल्लो प्रगतिका बारेमा छलफल भएको पनि स्पष्ट पार्नुभएको छ । डोभाल र वाङबीच भएको भेटले चीन-भारत सम्बन्धको स्थिरता दुवै देशका जनताको मौलिक हक, दीर्घकालीन हित, क्षेत्रीय शान्ति र विकासका लागि उपयुक्त हुने विश्वास व्यक्त गरेको प्रवक्ता माओले जनाउनुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement