टिपर र मोटरसाइकल ठोक्किँदा गोरखामा एक जनाको मृत्यु

भाद्र २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
टिपर र मोटरसाइकल ठोक्किँदा गोरखामा एक जनाको मृत्यु

गोरखा । आबुँखैरेनी–गोरखा सडक खण्डअन्तर्गत गोरखा नगरपालिका–९ दलभन्ज्याङमा शनिबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

गोरखा बजारबाट आबुँखैरेनीतर्फ जाँदै गरेको ग १ क ५६५४ नम्बरको टिपर र विपरीत दिशाबाट आउँदै गरेको वा ७० प २८७१ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुई जना घाइते भएका थिए ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार इलाम, देउमाई गाउँपालिका–२ घर भई रिपुमर्दन गण गोरखामा कार्यरत २५ वर्षीय सुरेन्द्र राईको उपचारको क्रममा शनिबार साँझ गोरखा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement