ओलम्पिकमा इजरायलको सहभागिताको विरोधमा पेरिसमा प्रदर्शन

श्रावण ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
ओलम्पिकमा इजरायलको सहभागिताको विरोधमा पेरिसमा प्रदर्शन

काठमाडौं । पेरिस ओलम्पिक २०२४ मा इजरायलको सहभागिताको विरोधमा पेरिसको प्लेस डे क्लिचीमा प्रदर्शन भएको छ ।

गाजामा इजरायलले युद्ध अपराध गरेको भन्दै ओलम्पिकमा इजरायलको सहभागिता रोक्नुपर्ने मागसहित प्रदर्शन गरिएको हो । केही प्रदर्शनकारीहरु स्पेनबाट आएका थिए । उनीहरुले रुसजस्तै इजरायली प्रतिनिधिमण्डललाई पनि ओलम्पिकबाट निष्काशित गर्न माग गरेका छन् । यस पटक रुसका एथ्लिटहरू तटस्थ खेलाडीका रुपमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको झण्डामुनि ओलम्पिकमा सहभागिता जनाउँदै छन् । उनीहरुलाई रुसको झण्डा, राष्ट्रिय गान र अन्य कुनै प्रतीकहरू प्रयोग गर्न प्रतिबन्ध छ ।

फ्रान्सेली सेनाले खेलहरूको सुरक्षाका लागि धेरै देशसँग सहकार्य गरेको छ भने पेरिसमा रहँदा इजरायली खेलाडीहरूलाई चौबीसै घण्टा सुरक्षा दिइनेछ ।

युक्रेन र गाजामा जारी युद्धलाई लिएर चर्को सुरक्षा चिन्ता बढेको भूराजनीतिक तनावबीच ३३औं संस्करणको ग्रिस्मकालीन ओलम्पिक शुक्रबारबाट औपचारिक रुपमा सुरु हुँदैछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.