सुनको मूल्यमा नयाँ कीर्तिमान, २ हजारले बढेर प्रतितोला १ लाख ६४ हजार पुग्यो

कार्तिक २, २०८१ |कान्तिपुर टीभी संवाददाता
सुनको मूल्यमा नयाँ कीर्तिमान, २ हजारले बढेर प्रतितोला १ लाख ६४ हजार पुग्यो

काठमाडौं । सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ नेपालका अनुसार लगातार उकालो लागेको सुनको मूल्य आजको वृद्धिपछि नयाँ उचाइमा पुगेको हो ।

महासङ्घका अनसार सुनको मूल्य आज प्रतितोला रु दुई हजारले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु एक लाख ६४ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ६४ हजार चार सय निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा रु ३० ले बढेको छ । बिहीबार प्रतितोला रु एक हजार नौ सय ५० मा कारोबार भएको आजका लागि भने रु एक हजार नौ सय ८० निर्धारण भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.