आरक्षणविरोधी प्रदर्शनमा बंगलादेशमा कम्तीमा १९ जनाको मृत्यु

हिंसा बढ्दै गएपछि देशभर उच्च सुरक्षा सतर्कता
राजधानी ढाकामा इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध
श्रावण ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
आरक्षणविरोधी प्रदर्शनमा बंगलादेशमा कम्तीमा १९ जनाको मृत्यु

काठमाडौं । बंगलादेशमा आरक्षण विरोधी प्रदर्शन थप हिंसात्मक बन्दै गएपछि देश भर उच्च सुरक्षा सावधानी जारी गरिएको छ ।

बीबीसी बंगाली सेवाका अनुसार प्रदर्शनकारी विद्यार्थी र प्रहरीबीच भएको हिंसात्मक झडपमा अहिलेसम्म कम्तीमा १९ जनाको ज्यान गइसकेको छ । हिजो बिहीबार मात्र १३ जना मारिएका थिए भने गत मंगलबार ६ जनाको ज्यान गएको थियो । मारिने मध्ये ढाका टाइम्सका ३२ वर्षीय पत्रकार समेत रहेका छन् । 

बिहीबार साँझ सयौँ प्रदर्शनकारीले सरकारी टेलिभिजन बीटीभीको कार्यालयमा आक्रमण गरी तोडफोड तथा केही भागमा आगजनी गरेका छन् । 

सरकारले प्रदर्शनकारी विद्यार्थीहरुलाई वार्ताका लागि आह्वान गरे पनि उनीहरूले त्यसलाई अस्वीकार गरेका छन् । 

स्वन्त्रता सेनानीका परिवारलाई सरकारी जागिरमा गरिएको ३० प्रतिशत आरक्षणको व्यवस्था खारेज गर्न माग गर्दै विद्यार्थीहरूले केही दिनदेखि विरोध प्रदर्शन गर्दै आएका हुन । आन्दोलन चर्किएसँगै बुधवारदेखि सबै विश्वविद्यालय अनिश्चित कालका लागि बन्द गरिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.