अमेरिकामा शक्तिशाली समुद्री आँधी ‘बेरिल’, १० लाखभन्दा बढी घरमा विद्युत् आपूर्ति ठप्प

असार २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
अमेरिकामा शक्तिशाली समुद्री आँधी ‘बेरिल’, १० लाखभन्दा बढी घरमा विद्युत् आपूर्ति ठप्प

काठमाडौं । शक्तिशाली समुद्री आँधी बेरिल अमेरिकाको टेक्सस राज्यको मेटागोर्डा नजिकैको तटमा ठोक्किएको छ ।

बेरिलले ल्याएको हावाहुरी र भारी वर्षाका कारण अमेरिकाको टेक्सस राज्यको ह्युस्टन क्षेत्रका १० लाखभन्दा बढी घरमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । समुद्री आँधी बेरिलका कारण ह्युष्टनको जर्जबुस इन्टरकन्टिनेन्टल विमानस्थलबाट हुने ८० प्रतिशतभन्दा बढी उडान रद्द भएका छन् ।

यस्तै विलियम पी. हबी विमानस्थल र कोर्पस क्रिस्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान पनि रद्द भएका छन् । टेक्ससका उप-राज्यपालले स्थानीय बासिन्दालाई आँधीलाई कम नआँक्न चेतावनी दिएका छन् ।

एटलान्टिक महासागरमा उत्पन्न समुद्री आँधी बेरिल गत साता क्यारेबियन टापुहरुमा ठोक्किएको थियो भने यसले अहिलेसम्म नौ जनाको ज्यान लिइसकेको छ । सुरुमा क्याटगोरी-५ को यो समुद्री आँधीको बल भने तुलनात्मक रुपमा कमजोर भइसकेको र क्याटगोरी वनको श्रेणीमा झरिसकेको जनाइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement