हाइटीमा दुई गिरोहबीच गोली हानाहान, ७० जनाको मृत्यु

हाइटी आतंकीत भएको भन्दै राष्ट्रसंघको चिन्ता
आश्विन १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
हाइटीमा दुई गिरोहबीच गोली हानाहान, ७० जनाको मृत्यु

काठमाडौं । हाइटीमा दुई गिरोहबीच गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु भएको छ । पोन्ट सोन्डे सहरमा भएको गोलीकाण्डमा तीन शिशु र महिलासहित ७० जनाको मृत्यु भएको हो ।

संयुक्त राष्ट्रसंघका प्रवक्ता स्टीफेन डुजारिकले गोलीकाण्डप्रति गम्भीर आपत्ति जनाउँदै हाइटी आतंकीत भएको बताउनुभएको छ । त्यस्तै राष्ट्रसंघको मानव अधिकार कार्यालयले एक रिपोर्ट जारी आक्रमणमा गिरोहले दर्जनौँ घर र सवारीसाधन समेत जलाएको बताएको छ ।

दुई गिरोहले करिब ४५ घर, ३४ सवारी साधन जलाएको र नागरिकलाई जबरजस्ती विस्थापन गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । विश्वका गरिब मुलुकमध्येको एक हाइटीको राजधानी पोर्ट-ओ-प्रिन्स विभिन्न गरोहको कब्जा छ भने सुरक्षा प्रणालीसमेत ध्वस्त छ ।

रिपोर्टका अनुसार विगत ६ महिनायता हाइटीमा आन्तरिक द्वन्द्वका कारण ७ लाख मानिस विस्थापित भएका छन् । जारी द्वन्द्वका कारण त्यहाँको आधा जनसंख्याले गम्भीर खाद्य असुरक्षाको सामना गरिरहेको बताइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement