भारतका प्रधानमन्त्री नरेन्द्र मोदी रुस भ्रमणमा

असार २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी रुस भ्रमणमा

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने भ्रमणका लागि आज रुसको राजधानी मस्को प्रस्थान गर्नुभएको छ । तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेपछि मोदीले पहिलो गन्तब्यको रुपमा रुसलाई छान्नुभएको हो ।

यसअघि छिमेकी राष्ट्रको भ्रमणलाई प्राथमिकतामा राख्नुभएको मोदीले यसपटक रुसलाई आफ्नो गन्तब्य बनाउनुभएको हो । रुस युक्रेन युद्ध सुरु भएपछि पहिलो पटक मोदी रुस प्रस्थान गर्नुभएको हो । उहाँ दुई दिन रुसमा रहनुहुने छ ।

प्रधानमन्त्री मोदी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निम्तोमा २२औँ भारत–रुस शिखर सम्मेलनमा भाग लिन त्यसतर्फ जानुभएको हो । पछिल्ला तीन वर्षयता दुवै देशबीच कुनै दुईपक्षीय औपचारिक वार्ता भएको छैन । दुई शक्तिशाली नेताबीच दुई देशको मैत्रीपूर्ण सम्बन्धलाई अझै प्रगाढ बनाउने, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दालाई स्थायित्व दिन छलफल हुने रुसले जनाएको छ ।

त्यस्तै दुवै नेताबीच उर्जा र व्यापारका क्षेत्रमाथिसमेत छलफल हुने भएको छ । दुवै नेताबीच अनौपचारिक रुपमा रुपमा वान टू वान वार्ता हुने क्रेमलिनले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement