गाजामा ‘वर्ल्ड सेन्ट्रल किचेनका’ कर्मचारीको मृत्युपछि बाइडेन आक्रोशित, इजरायल भन्छ- नियोजित होइन

चैत्र २१, २०८० |कान्तिपुर टीभी संवाददाता
गाजामा ‘वर्ल्ड सेन्ट्रल किचेनका’ कर्मचारीको मृत्युपछि बाइडेन आक्रोशित, इजरायल भन्छ- नियोजित होइन

काठमाडौं । इजरायलले गाजामा गरेको पछिल्लो हवाई आक्रमणमा अन्तर्राष्ट्रिय गैर सरकारी संस्था- वर्ल्ड सेन्ट्रल किचेनका सात कर्मचारीको मृत्यु भएपछि अमेरिकी राष्ट्रपति जो बाइडेन इजरायलसँग आक्रोशित भएका छन् ।

उक्त घटनामा समवेदना प्रकट गर्दै बाइडेनले वर्ल्ड सेन्ट्रल किचेनका कर्मचारीको रक्षाका निम्ति इजरायल सचेत नभएको भन्दै आक्रोश पोखका हुन् । इजराइलले भने उक्त घटना नियाजित नभएको र घटनाको निश्पक्ष छानबिन हुनेमा आश्वासन दिएको छ । त्यसको जवाफमा बाइडेनले उक्त घटनाको छानबिनमा इजरायल जवाफदेही हुनुपर्ने बताए ।

सोही घटनालाई मध्यनजर गरी बेलायतका प्रधानमन्त्री ऋषि सुनकले इजरायली प्रधानमन्त्रीसँग फोन संवादमार्फत चिन्ता व्यक्त गर्दै गाजामा प्रतिबन्धीत सहायतालाई फुकुवा गरी नागरिकलाई सुरक्षीत राख्न भनेका छन् । सात कर्मचारीको मृत्युको घटनाक्रमलगत्तै १२ वर्षमा पहिलो पटक बेलायतस्थित इजरायली राजदूतलाई विदेश विभागमा बोलाइएको छ ।

उक्त घटनामा अस्ट्रेलियाका नागरिक परेपछि अस्ट्रेलियाका प्रधानमन्त्री एन्थानी अल्बानिजले इराजलयली प्रधानमन्त्रीसामू आक्रोश पोख्दै चिन्ता व्यक्त गरेका छन् । हमासद्वारा सञ्चालित गाजा सरकारको सञ्चार कार्यालयका प्रवक्ताका अनुसार मृत्यु हुनेमा पोल्यान्ड, अस्ट्रेलिया, बेलायत र एक प्यालेस्टिनी नागरिक रहेका छन् ।

वर्ल्ड सेन्ट्रल किचेनले खाद्य अभाव झेलिरहेकाहरुलाई खाद्यान्न र तयारी खाजा उपलब्ध गराउँछ । वर्ल्ड किचनले गत महिना जारी गरेको विज्ञप्तिमा पछिल्ला १ सय ७५ दिनमा चार करोड २० लाख खाजा उपलब्ध गराएको जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.