काठमाडौं । अमेरिकाले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्मा इजरायल र हमासबीच अस्थायी संघर्षविरामसम्बन्धी वैकल्पिक प्रस्ताव पेस गरेको छ ।
गाजाको रफाहमा सैन्य कारबाही गर्ने इजरायली घोषणाप्रति असहमति जनाउँदै अमेरिकाले सुरक्षा परिषदमा संघर्षविरामका लागि वैकल्पिक प्रस्ताव पेस गरेको हो ।
अल्जेरियाले दर्ता गराएको प्रस्तावको विकल्पमा अमेरिकाले नयाँ प्रस्ताव पेस गरेको हो ।
रफाहमा सैन्य कारबाही गर्दा हुनसक्ने मानवीय क्षति रोक्न अमेरिकाले दबाब दिइरहेको छ ।