राज्यसभा चुनावका लागि टीएमसीबाट ४ उम्मेद्‌वार घोषणा

माघ २८, २०८० |कान्तिपुर टीभी संवाददाता
राज्यसभा चुनावका लागि टीएमसीबाट ४ उम्मेद्‌वार घोषणा

काठमाडौं । तृणमूल कांग्रेस (टीएमसी) ले राज्यसभाका लागि ४ जना उम्मेदवार घोषणा गरेको छ ।

टीएमसीले आफ्नो आधिकारिक एक्स ह्यान्डलमा पोस्ट गर्दै जनाएको छ, ‘हामी आगामी राज्यसभा चुनावका लागि सागरिका घोष, सुस्मिता देव, सांसद मोहम्मद नदिमुल हक र ममता बाला ठाकुरको उम्मेदवारी घोषणा गर्न पाउँदा खुसी छौं ।’

सुस्मिता देव यसअघि पनि तृणमूल कांग्रेसकी सांसद भइसकेकी व्यक्ति हुन् । २०२१ मा, सुस्मिता देव कांग्रेस छोडेर तृणमूल कांग्रेसमा सामेल भए, त्यसपछि पार्टीले उनलाई राज्यसभामा पठायो ।

यसबाहेक नदिमुल हक यसअघि नै पार्टीका राज्यसभा सांसद पनि छन् ।

ममता ठाकुरले सन् २०१९ मा वनगाउँ सिटबाट लोकसभा चुनाव लडेकी थिइन् तर उनले हार बेहोरेकी थिइन् । मतुआ समुदायमा उनलाई धार्मिक आमाका रुपमा हेरिन्छ ।

सागरिका घोष पत्रकार र लेखिका हुन् । उनी भारतीय टेलिभिजनको चर्चित अनुहार थिइन् । -बीबीसी हिन्दी


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.