नयाँदिल्ली । भारतको मणिपुरको स्थानीय सरकारले कर्फ्यु आदेश जारी गरेको छ ।
सबैभन्दा धेरै हिंसा मच्चिएको इम्फाललगायत जिल्लामा अनिश्चितकालीन कर्फ्यु घोषणा गरिएको हो । सुरक्षाविद्हरुले मणिपुरको वर्तमान अवस्थालाई गृहयुद्ध संज्ञा दिएका छन् । गत जुलाईदेखि हराइरहेका दुई विद्यार्थीको शव गत मंगलबार फेला परेसँगै सिद्ध इम्फाललगायत जिल्लामा हिंसा भड्किएको हो ।
हिजो (बुधबार) भड्किएको हिंसामा करिब ८० विद्यार्थी घाइते भएका छन्। मणिपुरमा इन्टरनेट सेवा पाँच दिनका लागि अवरुद्ध गरिएको छ ।
यो वर्षको मे महिनायता फैलिएको दंगामा करिब १८० जना सर्वसाधारणको मृत्यु भइसकेको छ । यहाँको द्वन्द्वका कारण ५० हजार सर्वसाधारण विस्थापित भएका छन् । करिब ३२ लाख जनसंख्या भएको मणिपुर राज्यमा ६० प्रतिशत हिन्दु मेइती दरू समुदायको बसोबास छ । बाँकी ४० प्रतिशत क्रिस्चियन कुकिजोहरूको बसोबास छ । मणिपुरमा हिन्दू र क्रिस्चियन समुदायको तनावले अहिले गृहयुद्धको रूप लिएको छ ।