अमेरिकाद्वारा युक्रेनलाई ३० करोड डलरको सैन्य सहायता, रुस हवाई प्रतिरक्षा प्रणाली सुदृढ गर्दै

जेष्ठ १८, २०८०
अमेरिकाद्वारा युक्रेनलाई ३० करोड डलरको सैन्य सहायता, रुस हवाई प्रतिरक्षा प्रणाली सुदृढ गर्दै

वासिंटन । युक्रेनलाई अमेरिकाको ३० करोड डलरको सैन्य सहायता गराउने भएको छ । यही मूल्यबराबर अमेरिकाले हातहतियार र युद्ध सामग्री उपलब्ध गराउने भएको हो ।

रुसको हवाई आक्रमणको प्रतिरक्षा गर्न किएभलाई यो पछिल्लो सैन्य सहायता हो ।

रुसले भने हालै मस्कोमा भएको ड्रोन हमलाले आफ्नो हवाई सुरक्षा प्रणाली सुदृढ गर्न प्रतिबद्ध रहेको जनाएको छ । युक्रेनले यसमा कुनै पनि प्रत्यक्ष संलग्नता नरहेको प्रतिवाद गरेको छ ।

बेलगोरोड क्षेत्रमा भीषण लडाइँले अवस्था चिन्ताजनक रहेको क्रेमलिनले भनेको छ । रुसको सो भूभागमा भएको हमलामा एकजनाको ज्यान गएको र ६ जना घाइते भएका रुसी अधिकारीहरुले जनाएका छन् । खार्खिभको कुपियान्स्क क्षेत्रमा रुसी सैन्य बलले भारी गोलाबारी गरेको छ । जहाँ अग्रमोर्चाको रेखा यथावत् नै रहेको युक्रेनी अधिकारीहरुले जनाएका छन् ।