मानव मस्तिष्कमा कम्युटर चिप्स प्रत्यारोपण गर्न इलोन मस्कको कम्पनीलाई अनुमति

जेष्ठ १२, २०८० |कान्तिपुर टीभी संवाददाता
मानव मस्तिष्कमा कम्युटर चिप्स प्रत्यारोपण गर्न इलोन मस्कको कम्पनीलाई अनुमति

काठमाडौं । मानव मस्तिष्कलाई कम्युटरसँग जोड्न चिप्स प्रत्यारोपणका लागि न्युरालिंकले अनुमति पाएको हो । मस्तिष्कमा चिप्स प्रत्यारोपणपछि मानिसको गति र दृष्टि पुन:स्थापित हुने अपेक्षा कम्पनीको छ । खासगरी यो प्रविधि प्यारालाइसिस भएका र दृष्टिविहीनका लागि उपयोगी हुने न्युरालिंकले जनाएको छ ।

सिक्काको साइजको यो चिप्स यसअघि बाँदर तथा सुँगुरमा परीक्षण गरिएको थियो । यसले नशाको गतिविधि रेकर्ड गर्दछ र तारविहीन साधारण ब्लुटुथबाट स्मार्टफोनमा सूचना सम्प्रेषण गर्ने मस्कले जनाएका छन् । परीक्षण गरिने मानव तत्काल छनोट गर्ने कुनै योजना नभएको कम्पनीले जनाएको छ।

यस्तै कम्पनीको दाबीप्रति एफडीएले पनि कुनै प्रतिक्रिया जनाएको छैन । यसअघि न्युरालिंकको आवेदन सुरक्षाका कारण देखाउँदै एफडीएले अस्वीकार गरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement