ग्रीसका प्रधानमन्त्री मित्सोताकिस विजय, उनको दलले बहुमत भने ल्याएन

जेष्ठ ८, २०८०
ग्रीसका प्रधानमन्त्री मित्सोताकिस विजय, उनको दलले बहुमत भने ल्याएन

एथेन्स । ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोताकिसले आम चुनावमा विजय हासिल गरेका छन् । तर उनको दलले बहुमत भने ल्याएन ।

प्रधानमन्त्रीको पार्टी न्यू डेमोक्रेसीले यो जितलाई राजनीतिक भूकम्पको संज्ञा दिएको छ । मुख्य प्रतिस्पर्धी दल सिरिजा पार्टीका नेता अलेक्सिस सिप्रासले बधाई दिएका छन् । सिरजा पार्टीले बीस प्रतिशत खराब नतिजा हात पारेको छ । 

मित्सोताकिसको दलले तीन सय संसदीय सिटमा एक सय ४६ सिट हासिल गरेको छ । यो संख्या बहुमतको लागि चाहिने एक सय ५१  मा पाँच सिट कम हो । निवर्तमान प्रधानमन्त्रीले अर्को दलसँग सरकार गठन नगर्ने बताएका छन् । 

त्यो अवस्थामा दोस्रो चुनाव जून महिनाको अन्त्यमा गर्ने र बहुमत हासिल गर्ने उनको योजना छ ।