१० महिनाको कारावासपछि रिहा भए नवजोतसिंह सिद्धू

चैत्र १८, २०७९ |कान्तिपुर टीभी संवाददाता
१० महिनाको कारावासपछि रिहा भए नवजोतसिंह सिद्धू

नयाँ दिल्ली । भारतीय राष्ट्रिय काङ्ग्रेसका नेता एवं पूर्व क्रिकेटर नवजोतसिंह सिद्धू शनिबार जेल मुक्त भएका छन् । १० महिनाको कारागार बासाइपछि उनी जेलमुक्त भएका हुन् ।

सन् १९८८ मा सडकमा पार्किङका सन्दर्भमा भएको विवाद र झडपको घटनाका कारण उनी जेल परेका थिए । झडपमा चोट लागेका गुरनाम सिंहको निधन भएको थियो । त्यही मुद्दामा गतवर्ष भारतको सुप्रिम कोर्टले सिद्धूलाई एक वर्ष जेल र एक हजार जरीवानाको सजाय सुनाएको थियो ।

सुरुमा जिल्ला अदालतले सिद्धू निर्दोष रहेको बताए पनि गत वर्षको मे १९ मा सुप्रिम कोटले सुनाएको फैसलापछि उनी जेल गएका थिए । जेल भित्र राम्रो व्यवहार गरेका कारण सिद्धू दुई महिना अगाडि नै रिहा भएका हुन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.