अमेरिकाको आँधी प्रभावित राज्य मिसिसिपीमा आपतकाल घोषणा

चैत्र १२, २०७९ |कान्तिपुर टीभी संवाददाता
अमेरिकाको आँधी प्रभावित राज्य मिसिसिपीमा आपतकाल घोषणा

मिसिसिपी । अमेरिकी राष्ट्रपति जो बाइडनले आँधीबाट प्रभावित भएको राज्य मिसिसिपीमा आपातकाल घोषणा गरेका छन् ।

आँधीका कारण मिसिसिपीमा २५ जना र अलाबामामा १ जनाको ज्यान गएसँगै उनले आइतबार त्यस राज्यभर आपातकाल घोषणा गरेका हुन् ।

त्यस्तै राष्ट्रपति बाइडेनले मिसिसिपी र अलाबामाका आँधी प्रभावित क्षेत्रमा राहत/उद्धार सहायता तत्काल प्रधान गर्न संघलाई आदेशसमेत दिएका छन् ।

शनिबार अमेरिकाको मिसिसिपी राज्य हुँदै अघि बढेको आँधीका कारण त्यहाँ मृत्यु हुनेको संख्‍या २६ पुगेको छ ।

शक्तिशाली आँधीका कारण सयौँ भवन क्षतिग्रस्त भएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.