राहुल गान्धीको सांसद पद खारेज

चैत्र १०, २०७९ |कान्तिपुर टीभी संवाददाता
राहुल गान्धीको सांसद पद खारेज

नयाँ दिल्ली । भारतको तल्लो सदन लोकसभा सचिवालयले कांग्रेस नेता राहुल गान्धीको संसद सदस्यता रद्द भएको सूचना जारी गरेको छ ।

कांग्रेस नेता गान्धीलाई अदालतले दुई वर्षको जेल सजाय सुनाएपछि उनको सदस्यता रद्द गरिएको हो ।

गान्धी केरलको वानाड निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद हुन् । उनले ४ वर्ष पहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोध गर्दै घृणात्मक अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्ति विरुद्ध सुरतको एक अदालतले उनीमाथि सजाय सुनाएलगत्तै संसद सचिवालयले उनको सांसद पद खारेज भएको सूचना प्रकाशित गरेको हो ।

अदालतको निर्णयमा चित्त नबुझे गान्धीसँग एक महिनाभित्र उच्च अदालत जाने समय छ ।

सम्बन्धित समाचार...

मानहानि मुद्दामा राहुल गान्धीविरुद्ध दुई वर्ष जेल सजायको फैसला


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.