अमेरिकामा २ बैंक डुब्दा विश्वभर हलचल, शेयर बजारमा उच्च गिरावट

फाल्गुन ३०, २०७९ |कान्तिपुर टीभी संवाददाता
अमेरिकामा २ बैंक डुब्दा विश्वभर हलचल, शेयर बजारमा उच्च गिरावट

वासिंटन । अमेरिकामा दुईवटा बैंक बन्द भएपछि विश्वभर बैंकको शेयरमा उच्च गिरावट आएको छ । राष्ट्रपति जो बाइडनको अश्वासन पाए पनि बैंकको शेयर बजार सम्हालिन सकेन ।

अमेरिकी राष्ट्रपति जो बाइडनले वित्त प्रणाली सुरक्षित भएको र त्यसलाई सम्हाल्ने आश्वासन दिएका थिए । तर पनि विश्वका बैंकको शेयर बजार सोमबारमा उच्च गिरावट देखियो ।

अमेरिकी ऋणदाता सिलिकन भ्याली बैंक र सिग्नेचर बैंक बन्द भइसकेका छन् । अमेरिकी नियामक अधिकारीले बचतकर्ताको निक्षेप सुरक्षित राख्न हस्तक्षेप गरेका छन् । राष्ट्रपति बाइडेनले बैंकिङ प्रणालीलाई बचाउन जे पनि गर्न सक्ने बचन भने दिएका छन् ।

लगानीकर्ताहरु विश्वभरी शेयरको मूल्य घट्ने भन्दै त्रसित छन् । स्पेनको सान-टान-डर र जर्मनीको कमर्ज बैंकको शेयर मूल्य दश प्रतिशतले घटेको छ । सिलिकन भ्याली बैंकको असफलताले सन् २००८ यताको वित्तिय संकटपछि सरकारले कतिसम्म नियमन र बैंक सुरक्षित गर्ने भन्ने बहस फेरि सतहमा आएको छ ।

अमेरिकी फेडेरल रिजर्भका अध्यक्ष जोरोमी पावेलले सिलिकन भ्याली विघटनको गम्भीर समीक्षा गर्ने बताएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.