डुंगा डुब्दा ८ को मृत्यु, ७ जना बेपत्ता

फाल्गुन २९, २०७९ |कान्तिपुर टीभी संवाददाता
डुंगा डुब्दा ८ को मृत्यु, ७ जना बेपत्ता

वासिंटन । अमेरिकाको क्यालिफोर्निया राज्यको सेन डिएको सहरको तटीय क्षेत्रनजिकै अवैध आप्रवासी बोकेका दुईवटा डुंगा डुब्दा आठजनाको मृत्यु भएको छ । डुंगा दुर्घटनामा बेपत्ता भएका अरु सात जनाको खोजी जारी रहेको अधिकारीले जनाएका छन् ।

सेन डिएगोका जीवनरक्षक विभाग प्रमुख जेम्सले यो क्यालिफोर्नियामा भएको सामुद्रिक तस्करीको सबैभन्दा दुखद घटनामध्ये एक भएको जनाएका छन् ।

मानव तस्करले माछा मार्ने साना डुंगालाई प्रयोग गरेका र खराब समुद्री मौसमका कारण उक्त दुर्घटना भएको हुन सक्ने जनाइएको छ। मृतकहरु कुन देशका नागरिक हुन भन्ने अझै खुलेको छैन ।

राष्ट्रपति जो बाइडनले सत्ता सम्हालेयता अवैध रुपमा अमेरिका छिर्ने क्रम बढेको अलजजिराले टिप्पणी गरेको छ । शरणार्थी बन्न चाहने थुप्रै अवैध आप्रवासीले अमेरिका छिरेलगत्तै आफूलाई सीमा सुरक्षा बलसमक्ष आत्मसमर्पण गर्ने र सीमा सुरक्षा बलले उनीहरुको मुद्दा आप्रवासन अदालतमा सुनुवाइ हुने गरी अमेरिकामा छाडने गरेको जनाइएको छ ।

यसैबीच युरोप छिर्ने प्रयास स्वरुप लिबियाबाट इटलीतर्फ गइरहेको अवैध आप्रवासी बोकेको एउटा डुंगा भूमध्य सागरमा पल्टिँदा कम्तिमा ३० जना हराइरहेको जनाइएको छ । १७ जनाको भने जीवितै उद्धार गरिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement