रुकुमपूर्वमा ५० शैयाको जिल्ला अस्पताल उद्घाटन

चैत्र २९, २०८२ |कान्तिपुर टीभी संवाददाता
रुकुमपूर्वमा ५० शैयाको जिल्ला अस्पताल उद्घाटन

रुकुमपूर्व । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले रुकुमपूर्वको सदरमुकाम रुकुमकोटमा निर्माण गरिएको जिल्ला अस्पतालको उद्घाटन गर्नुभएको छ ।

सिस्ने गाउँपालिका-५ मा अवस्थित ५० शैयाको अस्पताल भवन २०७८ सालमा सुरु भई गत पुसमा निर्माण सम्पन्न भएको थियो । संघीयतापछि रुकुमपूर्व छुट्टै जिल्ला बनेपछि २०७४ यता साविकको इलाका स्वास्थ्य कार्यालयको भवनबाटै जिल्ला अस्पतालको सेवा सञ्चालन भैरहेको थियो । 

भौतिक एवं प्राविधिक जनशक्ति अभावका कारण नयाँ भवन ५० शैया क्षमताको बने पनि अहिले ३५ शैयासम्मको मात्र सेवा दिन सकिने अस्पताल प्रमुख डा. कृष्ण खरालले बताउनुभयो । उहाँले अझै पनि अस्पतालमा उपचारका लागि आवश्यक उपकरण र दक्ष जनशक्ति भने अपुग नै रहेको बताउनुभयो ।

औपचारिक उद्घाटन आइतबार गरिए पनि २ साता अघिदेखि नै सेवा सञ्चालनमा आइसकेको अस्पतालले बताएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.