
काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सांसद ओजश्वी शेरचनले सरकारले स्वास्थ्य बीमा कार्यक्रमको तत्काल नीतिगत सुधार गर्न आवश्यक रहेको बताउनुभएको छ ।
सो कार्यक्रम बजेटको अभावमा अघि बढ्नसक्ने अवस्थामा नरहेको चर्चा भइरहेको बेला सांसद शेरचनले सो आवश्यकता औँल्याउनुभएको हो । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले सो समस्या समाधानका लागि स्वास्थ्य मन्त्रालय र अर्थ मन्त्रालयबीच बलियो समन्वय हुनुपर्नेमा पनि जोड दिनुभयो ।
सांसद शेरचनले स्वास्थ्य बीमा कार्यक्रम आफैं आर्थिक दबाबमा पर्दा त्यसबाट सेवाग्राहीहरू मर्कामा पर्ने भएकाले सरकारले सो समस्या समाधानमा ढिलाइ गर्न नहुने पनि स्पष्ट पार्नुभयो । सांसद शेरचनले सो समस्या समाधानका लागि सरकारले हेल्थसम्बन्धी इन्स्योरेन्स गर्ने कार्यलाई पनि अघि बढाउनुपर्ने बताउनु भयो ।