नर्वे र डब्लुएचओको सहयोगमा नेपाललाई आधुनिक उपकरण तथा तालिम सामग्री हस्तान्तरण

पुस ३०, २०८२ |कान्तिपुर टीभी संवाददाता
नर्वे र डब्लुएचओको सहयोगमा नेपाललाई आधुनिक उपकरण तथा तालिम सामग्री हस्तान्तरण

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले आपतकालीन स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न नर्वे सरकार र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले गरेको सहयोग महत्वपूर्ण रहेको बताउनुभएको छ ।

काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच मन्त्री गौतमले विपद् व्यवस्थापन र आकस्मिक सेवाका लागि प्राप्त आधुनिक उपकरण तथा तालिम सामाग्रीले नेपालको स्वास्थ्य क्षेत्रको क्षमता अभिवृद्धिमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

समारोहलाई सम्बोधन गर्दै मन्त्री गौतमले हालैको आगलागीमा मन्त्रालयअन्तर्गतका धेरै महत्वपूर्ण उपकरणहरू गुमेको स्मरण गराउँदै, नर्वे सरकारको यो सहयोगले ती क्षतिहरूको परिपूर्ति गर्ने बताउनु भयो । नेपाल भूकम्प, बाढीजस्ता विभिन्न प्राकृतिक विपद्को उच्च जोखिममा रहेको तथ्य औंल्याउँदै मन्त्री गौतमले पूर्वतयारी र प्रतिकार्यमा तीनै तहका सरकार गम्भीर रहेको प्रष्ट पार्नुभयो । \

उहाँले एचइओसीको नेतृत्व र विभिन्न सरकारी तथा साझेदार निकायहरूसँगको समन्वयमा विपद् व्यवस्थापन कार्य भइरहेको बताउँदै विशेषगरी डब्लुएचओले प्राविधिक सहयोग र एचइओसी ल्याa स्थापनामा खेलेको भुमिकाको प्रशंसा गर्नुभयो । एम्बुलेन्स चालकदेखि चिकित्सकसम्मले तालिमको प्रशंसा गरेको वृत्तचित्र हेरेपछि उहाँले यो सहयोगले तालिम कार्यक्रमलाई बलियो बनाउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री गौतमले केवल एकपटकको तालिम पर्याप्त नहुने भन्दै स्वास्थ्यकर्मीहरूका लागि निरन्तर अभ्यासको आवश्यकतामा विशेष जोड दिनुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.