धनकुटा जिल्ला अस्पतालमा ब्लड बैंक स्थापनाका लागि एनआरएनए-रेडक्रसको पहल

७ लाखभन्दा बढी संकलन
पुस १८, २०८२ |कान्तिपुर टीभी संवाददाता
धनकुटा जिल्ला अस्पतालमा ब्लड बैंक स्थापनाका लागि एनआरएनए-रेडक्रसको पहल

धनकुटा । धनकुटा जिल्ला अस्पतालमा रगत अभावका कारण बिरामीले भोग्दै आएको समस्या समाधान गर्न गैरआवासीय नेपाली संघ र नेपाल रेडक्रस सोसाइटीले आकस्मिक ब्लडबैंक स्थापनाका लागि पहल सुरू गरेका छन् ।

यसका लागि विभिन्न देशमा रहेका गैरआवासीय नेपालीहरूले ७ लाख १ हजार रूपैयाँ उपलब्ध गराएका छन् । आकस्मिक ब्लड बैंक स्थापनाका लागि १४ लाख तथा स्थायी ब्लड बैंक सञ्चालनका लागि एक करोड रूपैयाँ आवश्यक पर्ने बताइएको छ । ब्लडबैंक स्थापनाका लागि आवश्यक थप बजेट बजेट, संरचना, उपकरणतथा प्राविधिक व्यवस्थापनबारे बुहपक्षीय छलफल भइरहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.