
काठमाडौं । काठमाडौं उपत्यकाबाट गृहजिल्ला फर्किन खोज्ने मतदाताले मतदान गर्न घर जान खोज्दा यातायातका सवारीसाधन नपाएको गुनासो गरेका छन् ।
बुधबार बिहानैदेखि सवारीसाधन कुर्दा पनि टिकट नपाएको र ‘रिजर्भ’ गाडीले सर्वसाधारण नबोकेको उनीहरूले गुनासो गरेका हुन् । ओखलढुंगाका कुलबहादुर थापाले ढिलो बिदा पाएकाले सार्वजनिक यातायातकै भर पर्नुपरेको बताउनु भयो ।
अधिकांश गाडीमा ‘रिजर्भ’ लेखिएकाले ती गाडीले सर्वसाधारण बोक्न नमानेको सर्वसाधारणले गुनासो गरेका छन् । बस काउन्टरमा जाँदा दल र उनीहरूका नेतासँग सम्पर्क गर्नुस्, टिकट पाइँदैन भनेर फर्काएकाले भोट हाल्न जान नपाएको गुनासो गरेका हुन् ।
राजनीतिक दलहरूले आफ्ना समर्थकलाई प्राथमिकता दिएर गाडी रिजर्भ गरेर लैजाँदा सर्वसाधारणले सवारी नपाएको बताएका हुन् ।