
पूर्वी नवलपरासी । पूर्वी नवलपरासीको मध्यबिन्दू नगरपालिकाले आँखा अस्पताल सञ्चालनमा ल्याएको छ ।
अब नगरवासीलाई आँखाको समस्या पहिचान र उपचारको लागि सदरमुकाम कावासोती वा चितवन जानुपर्ने बाध्यता हटेको छ । नगर अस्पताल सञ्चालनसँगै आँखाको समस्या समाधान गर्न अस्पताल सञ्चालन गरिएको मध्यबिन्दू नगरपालिकाका प्रमुख भीमलाल अधिकारीले बताउनुभयो ।
अस्पताल सञ्चालनका लागि नेपाल नेत्रज्योति सङ्घ र भरतपुर आँखा अस्पतालले सहकार्य गरेका छन् ।