
काठमाडौं । नेपाल र बंगलादेशबीच दुबै देशका मुद्रालाई छिटोभन्दा छिटो प्रयोगमा ल्याउने विषयमा छलफल भएको छ ।
बंगलादेशको ढाकामा भएको बैठकमा प्राविधिक समूहले केन्द्रीय बैंकसँग समन्वय गरी दुबै देशको मुद्रा प्रयोगमा ल्याउने विषयमा छलफल गरेको हो ।
डलरमाथिको परनिर्भरता कम गर्ने विषयमा छलफल भएको हो । त्यस्तै दुबै देशमा उत्पादन भएका बस्तुहरूको भन्सार प्रक्रियालाई सहजीकरण गर्ने विषयमा पनि छलफल भएको वाणिज्य मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले जानकारी दिनुभयो । बैठक बुधबारसम्म चल्ने छ । नेपाल र बंगलादेशका बीचमा पाँच अर्बभन्दा बढी वस्तुको कारोबार हुने गरेको छ ।