.png&w=1000&height=550)
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकास्थित कोभिड अस्पताल भवनमा एकैसाथ पाँच सयभन्दा बढी वृद्धवृद्धाहरूको आँखाको शल्यक्रिया गर्ने उद्देश्यका साथ सोमबारदेखि मोतियाबिन्दु उपचार शिविर सुरू भएको छ ।
मोतियाबिन्दु उपचारमा विशेष दक्षता हासिल गरेका र आँखा उपचारमा रूइतेक्टोमी पद्धतिको विकास गरेका सन्दुक रूइतको विशेष निगरानीमा शल्यक्रिया हुने भएको हो । नगरपालिकाले शल्यक्रियाका लागि ५ सय ३७ जना छनोट गरेका छन् भने आवश्यक भए थप गर्न सकिने जनाएको छ ।
शल्यक्रिया शिविर तीन दिनसम्म सञ्चालन हुनेछ ।