
काठमाडौं । साफ महिला फुटसल च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपाल श्रीलंकाविरुद्ध २-२ गोलको बराबरीमा रोकिएको छ ।
बैंककस्थित नोन-थाबुरी रंगशालाको फुटसल एरिनामा नेपालले पहिलो मिनेटमै गोल बेहोरेको थियो । पछि मनिषा थापामगर र विमला चौधरीको गोलमा नेपालले पहिलो हाफमा २-१ को अग्रता लिएको थियो ।
दोस्रो हाफको सुरुवातमा श्रीलंकाले बराबरी फर्काएपछी दुबै टिमले अंक बाढे । नेपालले आफ्नो दोस्रो खेलमा बिहिबार माल्दिभ्सविरुद्ध खेल्ने छ ।