बन्द रहेकाे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको फार्मेसी सेवा पुनः सञ्चालनमा

पुस ११, २०८२ |कान्तिपुर टीभी संवाददाता
बन्द रहेकाे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको फार्मेसी सेवा पुनः सञ्चालनमा

धरान । ठेकेदारसँगको विवाद तथा फार्मेसीमा कार्यरत कर्मचारीको आन्दोलनका कारण केही समयदेखि बन्द बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको फार्मेसी सेवा पुनः सञ्चालनमा आएको छ । 

शुक्रबारदेखि फार्मेसी पुन: सञ्चालनमा ल्याइएको हो । फार्मेसीबाट नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध सेवाग्राहीले पनि नियमानुसार औषधि प्राप्त गर्न सक्ने प्रतिष्ठानले जनाएको छ । सुपथ मूल्यमा उपलब्ध हुने भएकाले उपचारका लागि प्रतिष्ठान पुग्ने बिरामीलाई त्यहीँकै फार्मेसीबाट औषधि खरिद गर्न आग्रह गरिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.