धनकुटास्थित आँखा अस्पतालद्वारा गत वर्ष करिब १८ हजार बिरामीलाई सेवा प्रदान

मंसिर २९, २०८२ |कान्तिपुर टीभी संवाददाता
धनकुटास्थित आँखा अस्पतालद्वारा गत वर्ष करिब १८ हजार बिरामीलाई सेवा प्रदान

धनकुटा । धनकुटास्थित डाक्टर रामप्रसाद पोखरेल सामुदायिक आँखा अस्पतालले गत वर्ष करिब १८ हजार बिरामीलाई सेवा प्रदान गरेको छ ।

नेपाल नेत्रज्योति संघ धनकुटाको १५औं वार्षिक साधारण सभामा गएको आर्थिक वर्षमा १७ हजार ८ सय २५ जनालाई आँखा उपचार सेवा उपलब्ध गराइएको विवरण प्रस्तुत गरिएको हो । 

दुर्गमका नागरिकलाई आँखा उपचारमा पहुँच बढाउने उद्देश्यले सञ्चालित शिविर तथा बहिरंग सेवाबाट गएको वर्ष मोतियाबिन्दु छनौट शिविर, नियमित बहिरंग सेवा, विद्यार्थी आँखा जाँच, निशुल्क चस्मा वितरण कार्यक्रम गरिएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.