
समयअवधि पूरा नहुँदै जन्मिने नवजात शिशुलाई सुरक्षित वातावरणमा राखेर उपचार गर्न अत्यावश्यक मानिने इन्क्युबेटर अस्पतालको नवजात सेवा क्षमतामा महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ। बुधबार आयोजित कार्यक्रममा ट्रस्टकी अध्यक्ष नेस्लिङले जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल विकास समितिका अध्यक्ष सुमन शाक्य र अस्पताल प्रमुख डा. सन्तोष देवलाई उपकरण हस्तान्तरण गर्नुभएकाे हाे।
उहाँले संखुवासभा जिल्लालाई दुई र मुगु जिल्ला अस्पताललाई एकवटा इन्क्युबेटर उपलब्ध गराउनभयाे । संखुवासभा जिल्ला अस्पतालमा वार्षिक करिब दुई हजार सुत्केरी हुने हुँदा नवजात शिशु उपचार सेवा अझ प्रभावकारी र सहज हुने अपेक्षा गरिएको छ। अस्पतालले नयाँ उपकरण सञ्चालनमा आएपछि समयपूर्व जन्मिने शिशुको ज्यान बचाउन ठूलो मद्दत पुग्ने अस्पतालका प्रमुख डा. देवले बताउनुभयाे।