७ बुँदे सहमतिपछि सामाजिक सञ्जालमा रवि र बालेन्द्र

पुस १३, २०८२ |कान्तिपुर टीभी संवाददाता
७ बुँदे सहमतिपछि सामाजिक सञ्जालमा रवि र बालेन्द्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबिच ‘बृहत् एकता’ सम्बन्धी ७ बुँदे सहमति भएसँगै राजस्वा सभापति रवि लामिछाने र महानगर प्रमुख शाहले सामाजिक सञ्जाल फेसबुकमा छुट्टाछुट्टै हस्ताक्षर गर्दै गरेको फोटो सार्वजनिक गर्नुभएको छ ।

आज बिहान रास्वपा सभापति लामिछानेले सामाजिक सञ्जालमा हस्ताक्षर गर्दै गरेको फोटो राख्दै सहमति भनेको नेताले खोजेको जस्तो होइन, देशलाई चाहिएको जस्तो हुनुपर्छ भनेर लेख्नु भएको छ भने महानगरका प्रमुख बालेन्द्रले शुभप्रभात भन्दै हस्ताक्षर गरेको फोटो सार्वजनिक गर्नुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.