
पूर्वी नवलपरासी । पूर्वी नवलपरासीमा २ सय ४२ जना मोतियाविन्दुका बिरामीको नि:शुल्क शल्यक्रिया भएको छ ।
ग्रामीण भेगमा आँखाको उपचार समयमै नगराउँदा मोतियाविन्दुका बिरामी बढेपछि गाउँ-गाउँमा आखाँ परीक्षण शिविर आयोजना गरेर समस्या भएका बिरामीको रोटरी क्लब अफ कावासोतीको आयोजनामा नि:शुल्क शल्यक्रिया गरिएको हो ।
कावासोती नगरपालिका र हुप्सेकोट गाउँपालिकाको साझेदारीमा २ हजार ५ सय जनाको आखाँ परीक्षण गर्दा २ सय ४२ जनामा मोतियाविन्दु देखिएपछि शल्यक्रिया गरिएको रोटरी क्लब अफ कावासोतीका अध्यक्ष नारायण न्यौपानेले बताउनुभयो । तिलगङ्गा आँखा प्रतिष्ठानको प्राविधिक सहयोगमा मध्यबिन्दु प्रादेशिक अस्पतालमा आँखाको शल्यक्रिया गरिएको हो।