स्वास्थ्य बीमा भुक्तानी रोकिँदा अस्पतालहरू संकटमा, सेवाग्राही पनि समस्यामा

कार्तिक १७, २०८२ |कान्तिपुर टीभी संवाददाता
स्वास्थ्य बीमा भुक्तानी रोकिँदा अस्पतालहरू संकटमा, सेवाग्राही पनि समस्यामा

काठमाडौं । स्वास्थ्य बीमाको नियमित भुक्तानी नहुँदा सेवा प्रधायक अस्पतालहरूलाई सञ्चालनमा समस्या भइरहेको गुनासो छ । 

यता बीमा वापतको सेवामा समस्या भोग्नुपरेको सेवाग्रहीको गुनासो छ । स्वास्थ्य विमा वोर्डले सेवा प्रधायक स्वास्थ्य संस्थाहरूलाई वैशाख यताको भुक्तानी गर्न बाँकी रहेको बताउँदै आए पनि अस्पतालहरूले लामो समय भुक्तानी नपाउँदा समस्या भोग्नुपरेको बताएका हुन । हाल नेपालमा ५ सय २ वटा सेवा प्रधायक स्वास्थ्य संस्था छन् ।

यता विमाको सेवा लिन गएका सेवाग्राही बीमा वापतको उपचार गर्न जाँदा सेवा तथा औषधिमा समस्या भोग्नुपरेको बताउँछन । औषधि नपाउने तथा लामो समय लाइनमा बस्न बास्नसपर्ने, रिपोर्ट समयमै नपाइनेलगायत गुनासो उनीहरूको छ । यता स्वास्थ्य बीमा बाेर्ड भने आफुहरूले सेवा खरीद गर्ने गरेको हुनाले समस्या देखिनुमा स्वास्थ्य संस्थाहरूको पनि भुमिका रहेको बताउँछ । त्योसँगै अनुगमनको पाटोमा समेत आफुहरू चुकेको बाेर्डको भनाइ छ ।

स्वास्थ्य मन्त्रालय भने विमामा देखिएको समस्याका बारेमा आफुहरू जानकार रहेको तर बाेर्डले कुन अस्पतालहरूमा कस्तो कैफियत देखिएको छ भन्ने आफुहरूलाई जानकारी नदिएको बताउँछ । योसंगै बीमा बाेर्ड स्वत्त: निकाय भएकाले बाेर्डले अस्पतालको सेवा खरीद गर्नु अघि सबै कुरा बुझ्न पर्ने मन्त्रालयको भनाइ छ । हाल स्वास्थ्य बीमा वोर्डले सबै सेवा प्रधायकहरूलाई १८ अर्ब भुक्तानी गर्न बाँकी छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.