बागलुङ । बागलुङको काठेखोला गाउँपालिकाको आधारभूत अस्पताल भवन तोकिएको समयभन्दा ६ महिनाअघि नै निर्माण सम्पन्न भएको छ।
काठेखोला गाउँपालिका -७ रेशमा पाँच शैयाको आधारभूत अस्पताल निमार्ण भएको हो। २०८१ साल साउनदेखि निर्माण थालिएको आधारभूत २०८२ पुसभित्र निमार्ण सम्पन्न गर्ने सम्झौता भएको थियो ।
संघीय सरकारको विशेष अनुदानमा तीन करोड ७४ लाखको लागतमा भवन निर्माण भएको हो । भवन निमार्णसँगै अब अस्पतालको सेवा सञ्चालनको तयारी थालिएको छ । अस्पतालमा मेडिकल अधिकृतसहितको सेवा दिइने भएको छ ।