अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरले मस्तिष्क मृत्यु भएका ७ जनाको अङ्ग झिकेर गर्‍यो सफल प्रत्यारोपण

१५ सय जनामा मिर्गौला प्रत्यारोपण
भाद्र ४, २०८२ |सुन्दर शिल्पकार
अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरले मस्तिष्क मृत्यु भएका ७ जनाको अङ्ग झिकेर गर्‍यो सफल प्रत्यारोपण

भक्तपुर । भक्तपुरस्थित शहीद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्रले मस्तिष्क मृत्यु भएका ७ जना व्यक्तिको अङ्ग झिकेर अन्य व्यक्तिमा सफल प्रत्यारोपण गरेको छ ।

केन्द्रले मस्तिष्क मृत्यु भएका व्यक्तिबाट १४ वटा मिर्गौला र ५ वटा कलेजो झिकेर सफलरूपमा प्रत्यारोण गरिसकेको जनाएको हो । यस्तै अङ्ग प्रत्यारोपण केन्द्रले हालसम्म १५ सय जनाको मिर्गौला प्रत्यारोपण गरिसकेको छ भने ४० जनामा कलेजो प्रत्यारोपण गरेको छ । 

केन्द्रमा दैनिक २ सय जना मिर्गौला परीक्षणको लागि आउने गरेको मा १५ देखि ४० जनामा मिर्गौलासम्बन्धी समस्या पहिचान हुने गरेको मिर्गौला रोग तथा प्रत्यारोपण विषेशज्ञ डाक्टर कल्पना श्रेष्ठले बताउनुभयो ।

नेपालमा प्रत्यक वर्ष तीन हजार मिर्गौलाका नयाँ बिरामी थपिने गरेका छन् । तीमध्ये करिब २ तिहाई बिरामीको उपचार भक्तपुरस्थित सहिद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्रमा हुने गरेको छ ।


Image

सुन्दर शिल्पकार

शिल्पकार कान्तिपुर टेलिभिजनका भक्तपुर संवाददाता हुन् ।