दोलखा । मानवको शल्यक्रिया गरेर रोग निको पारेको धेरै सुनेका छौं । तर दोलखाको चौंरी खर्कमै पुगेर पहिलो पटक चौंरीको ट्युमरको सफल शल्यक्रिया गरेर ज्यान जोगाइएको छ ।
दोलखाको कालिञ्चोक गाउँपालिका-१ का लालविर थामीले पालेको चौंरीको लेकको खर्कमै पुगेर ट्युमरको शफल शल्यक्रिया गरिएको छ । एक बर्ष भन्दा बढिदेखि पेटमा पोको लिएर पीडा खप्दै आएको गुन्टु नामको चौंरीको पहिलो पटक खर्कमै ५ किलोको टुयुमरको शल्यक्रिया गरेर ज्यान जोगाइएको हो ।
पशु सेवा कार्यालय चरिकोटको प्राविधिक सहयोगमा भीमेश्वर नगरपालिकाका पशु चिकित्सक निशान दाहालले झन्डै साढे दुई घण्टा लगाएर खर्कमा नै शल्यक्रिया गरेर ट्युमर निकाल्नु भएको हो ।