बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको फार्मेसी सेवा ठप्प

श्रावण २०, २०८२ |कान्तिपुर टीभी संवाददाता
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको फार्मेसी सेवा ठप्प
धरान । लामो समयदेखी तलब नपाएको भन्दै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको अस्पताल फार्मेसीमा कार्यरत कर्मचारीहरूले फार्मेसी सेवा ठप्प पारेका छन । 

उनीहरूको आन्दोलनको कारण दुई दिनयता प्रतिष्ठानको फार्मेसी बन्द हुँदा बिरामी मर्कामा परेका छन । विगत ७ महिना देखि पाउनुपर्ने तलब र सेवा सुविधाहरू नपाएको भन्दै फार्मेसीमा कार्यरत १८ जना फर्मासिष्ट र ४ जना सहयोगीसहित २२ जना कर्मचारीहरू धर्नामा छन् । 

जसले गर्दा अस्पतालको फार्मेसीबाट पाउने स्वास्थ्य बीमाअन्तर्गतको औषधीहरू नपाउँदा विरामीहरू मारमा परेका हुन् । प्रतिष्ठानको फार्मेसीमा औषधि व्यवस्थापनको जिम्मा केटीएम सेक्युरिटी सर्भिसेज प्रालिले गर्दै आएको छ । 

त्यहाँ कार्यरत कर्मचारीहरू केटीएम सेक्युरिटीमार्फत भर्ना भएका हुन् । उनीहरूलाई तलब सुविधा दिने दायित्व पनि उक्त कम्पनीकै भएपनि तलब नपाएपछि बाध्य भएर आन्दोलनमा उत्रनुपरेको एक कर्मचारीले बताइन । 

प्रतिष्ठानले फार्मेसी सेवा अवरूद्ध हुनु गैरकानुनी भएको दाबी गर्दै आपूर्ति कम्पनी केटीएम सेक्युरिटी सर्भिसेज प्रालिले गैरकानुनी कार्य गरेको जनाएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.