रविलक्षित ओलीको टिप्पणीः ‘भिडद्वारा न्यायको हत्या गरेर अभियोगमुक्त हुन खोज्नेहरूसँग समयले जवाफ माग्नेछ’

श्रावण २८, २०८२ |कान्तिपुर टीभी संवाददाता
रविलक्षित ओलीको टिप्पणीः ‘भिडद्वारा न्यायको हत्या गरेर अभियोगमुक्त हुन खोज्नेहरूसँग समयले जवाफ माग्नेछ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगी प्रकरणमा पूर्वउपप्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोधको आरोपको खण्डन गर्दै न्यायालयको निर्णयमा सरकारको कुनै भुमिका नभएको स्पष्ट पार्नुभएको छ ।

प्रतिनिधि सभामो बुधबारको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले सहकारीमा लाखौं जनताले गरेको वचत हिनामिना गर्ने मुद्दामा सयौं व्यक्तिमाथि कारबाही भइरहेको भन्दै न्याय प्रणालीमा सरकारको कुनै भुमिका नरहेको स्पष्ट पार्नुभयो । 

उहाँले एउटा व्यक्तिमाथि राजनीतिक प्रतिशोध साँधिएको हो भने अरूमाथि के भइरहेको हो ? भन्दै प्रश्न समेत गर्नुभयो । उहाँले लामिछानेलाई लक्षित गर्दै भिडद्वारा न्यायको हत्या गरेर अभियोगमुक्त हुन खोज्नेहरूसँग समयले जवाफ माग्ने समेत टिप्पणी गर्नुभयो । 

उहाँले संसद बहिष्कार गर्ने तथा देशलाई भावनात्मक तथा हानिकारक उत्तेजनामा लैजानु अनुचित नभएको उल्लेख गर्दै अदालतको निर्णमा सरकारको हात नरहेको दोहोर्‍याउनु भयो ।

प्रधानमन्त्री ओलीले मुलुकको बिग्रिएको अर्थतन्त्रलाई सुधार गर्नको लागि संसदका दुई ठूला दलहरूको समिकरणमा सरकार गठन गरिएको समेत बताउनु भयो । हाल विपक्षमा रहेका दलहरूलाई स्थिरता अप्रिय लागेको उहाँको आरोप छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.