बागमती प्रदेशका स्वास्थ्यमन्त्रीकाे घाेषणा : १३ वटै अस्पतालमा दक्ष चिकित्सक र स्वास्थ्यकर्मी थप गरिनेछ

श्रावण २३, २०८२ |सुन्दर शिल्पकार
बागमती प्रदेशका स्वास्थ्यमन्त्रीकाे घाेषणा : १३ वटै अस्पतालमा दक्ष चिकित्सक र स्वास्थ्यकर्मी थप गरिनेछ

भक्तपुर । बागमती प्रदेशका नवनियुक्त स्वास्थ्यमन्त्री किरण थापा मगरले प्रदेशका १३ वटै अस्पतालहरूमा थप दक्ष चिकित्सक तथा स्वास्थ्यकर्मी थप्ने बताउनुभएको छ । 

भक्तपुर अस्पतालमा शुक्रबार भएको एक कार्यक्रममा बागमती प्रदेशका १३ वटै अस्पतालहरूमा विषेशिकृत सेवा र औजार उपकरणहरूको व्यवस्थापन तथा नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्याइसकेकाको बताउँदै अबको क्याविनेटबाट ओएनएम स्विकृत गरी दरबन्दी थप गर्ने बताउनुभएको हो । 

उहाँले पहिलो कार्यकालमा डिजिटल हेल्थ सेवा, टेलिमेडिसिन सेवा तथा नसर्ने रोकको नि:शूल्क औषधि उपचार सेवा दिएको बताउँदै उहाँले बागमती प्रदेश अस्पतालहरूमा अब भौतिक पुर्वाधार विकासका कार्यक्रम पनि अगाडी बढाउने बताउनुभयो । 

यस्तै भक्तपुर अस्पतालको नयाँ भवन बनाउनु प्रदेश सरकारले तीन करोड रूपैयाँ विनियोजन गरिसकेको र आगामी बजेटबाट बहुबर्षिय योजनाअन्तरर्गत बजेट व्यवस्थापन गर्ने उहाँले जानकारी दिनुभयो । 

१३ वटै जिल्लाको अस्पताल प्रमुख तथा कर्माचरीले स्वस्थ्य मन्त्रीमै दोहोरिनुपर्ने र पार्टीले पनि दोहोरो जिम्मेवारी दिएकै कारण दोहोरिएर स्वास्थ्य मन्त्रालयलको जिम्मेवारीमा आएको उहाँको भनाइ छ । 

उहाँले रोग लाग्नु भन्दा पनि रोग लाग्नै नदिने गरी काम थालनी गरेको उहाँले बताउनुभयो । उहाँकाअनुसार बागमती प्रदेशमा ७१ प्रतिशत नसर्ने र २९ प्रतिशत सरूवा रोगकै कारण मृत्यु भइहेको छ । 

यो वर्ष बागमती प्रदेशका २ वटा अस्पतालहरूबाट भक्तपुर अस्पताल र सिन्धुली अस्पतालबाट नर्सिंग कलेज सञ्चालन गर्ने समेत उहाँले बताउनुभयो । मदनभन्डारी स्वास्थ्य विज्ञान प्रतिस्थानबाट ४ वटा फ्यकल्तिमा स्नातक तहमा ३ सय ५८ जनाको पढाई भइरहेको उहाँले बताउनुभयो । 

उहाँहरूलाई तलब दिएर दुई वर्ष काम गराउने समेत बताउँदै एमडी पढाई सुरू गर्ने उहाँले बताउनुभयो । मन्त्रालयलले एकेडेमी क्षेत्रमा पनि काम गरिरहेको उहाँकाे भनाइ छ । भक्तपुर अस्पतालले नवनियुक्त स्वास्थ्यमन्त्री थापालाई बढाई तथा शुभकामना दिएको थियो ।


Image

सुन्दर शिल्पकार

शिल्पकार कान्तिपुर टेलिभिजनका भक्तपुर संवाददाता हुन् ।