काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बागमती प्रदेशलाई शुक्रबार पूर्ण खोप प्रदेशको रूपमा घोषणा गर्नुभएको छ ।
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले भक्तपुरमा आयोजना भएको बागमति प्रदेश पुर्ण खोप तथा डिजिटज हेल्थ शुभारम्भ कार्यक्रममा सो घोषणा गर्नुभएको हो ।
बागमती प्रदेश भित्रका १३ जिल्ला ११९ स्थानीय तहका १६ देखि २३ महिनाभित्रका एक लाख २८ हजार ४ सय २१ बालबालिकालाई पूर्ण खोप लगाएकाले पूर्ण खोप सुनिश्चितता प्रदेश घोषणा गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल र सुखी नेपाली बनाउने भन्दा ठूलो लक्ष्य अर्को हुन नसक्ने बताउनुभएको छ । उहाँले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने बाटोमा सरकार लागिरहेको बताउनुभयो ।
यस्ता खालको कार्यक्रममार्फत नेपालले दिगो विकासमा फर्को मार्ने बताउँदै २०७३ मंसिर भित्र अल्पविकसित मुलुकबाट विकासशिल मुलकमा रूपान्तरण हुने पनि बताउनुभयो ।
उहाँले स्वास्थ्य, शिक्षा, खेलकुदलगायत अन्य क्षेत्रमा पनि सुधारको संकेत देखिएको समेत बताउनुभयो । सरकारले स्वास्थ्य क्षेत्रमा निरोगी नेपालको लक्ष्य राखेको उहाँले उल्लेख प्रधामन्त्री ओलीले रोग लाग्नै नदिने वातावरण सिर्जना गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले खोप समितिको प्रमाणपत्र बागमति प्रदेशका स्वास्थ्यमन्त्री किरण थापालाई हस्तान्तरण गर्नुभएको थियो। कार्यक्रममा प्रधानमन्त्री ओलीले स्वास्थ्य क्षेत्रको डिजिटल हेल्थ कार्यक्रमको पनि उद्घाटन गर्नुभयो ।
प्रधानमन्त्री ओलीले खोप अभियानका क्रममा उत्कृष्ट कर्मचारी, महिला सामुदायिक स्वास्थ्य स्वंसेविकाहरूलाई सम्मान प्रदान गर्नुभयो । प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले स्वास्थ्य क्षेत्रको निरन्तर खटाइबाट पूर्ण खोप अभियान सफल भएको बताउनुभयो ।