थाई एयरवेज र जीएसए सोसाइटी इन्टरनेशनलद्वारा 'रक्तदान जीवनदान' अभियान सम्पन्न

श्रावण १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
थाई एयरवेज र जीएसए सोसाइटी इन्टरनेशनलद्वारा 'रक्तदान जीवनदान' अभियान सम्पन्न

काठमाडौं । थाई एयरवेज र जीएसए सोसाइटी इन्टरनेशनल ट्राभल्सको संयुक्त आयोजनामा आयोजित ‘रक्तदान जीवनदान’ अभियान सफलतापूर्वक सम्पन्न भएको छ। ‘जीवनको उपहार दिऔं’ भन्ने मुल नारासहित काठमाडौंको हात्तीसारमा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रम बिहीबार बिहान १० बजेदेखि दिउँसो एक बजेसम्म काठमाडौंको हात्तीसारमा सम्पन्न भएको हाे।

मानव सेवा र सामाजिक उत्तरदायित्व अन्तर्गत यो रक्तदान कार्यक्रम आयोजना गरिएको सोसाइटी इन्टरनेशनल ट्राभल्सले जनाएको छ ।  रक्तदान कार्यक्रममा स्थानीय रक्त सञ्चार केन्द्रहरूले आपतकालीन रक्त आपूर्तिमा सहयोग पुर्‍याउने लक्ष्य लिएका थिए। अभियानले सामाजिक उत्तरदायित्वप्रति थाई एयरवेज र सोसाइटी इन्टरनेशनल ट्राभल्सको गहिरो प्रतिबद्धता समेत झल्काएको छ।

‘हामी व्यापारिक संस्था भए पनि समुदायप्रति योगदान पुर्‍याउनु हाम्रो मुख्य उद्देश्य हो,’ सोसाइटी इन्टरनेशनल ट्राभल्सका प्रतिनिधिले बताउनुभयो। ‘यो रक्तदान अभियान जीवन बचाउने कार्यमा सहयाेग पुर्‍याउने उद्देश्यले गरिएको हो । र, हामी थाई एयरवेजको तर्फबाट यसलाई सफल बनाउने प्रयासमा गर्व गर्छौं।’

थाई एयरवेजले सबैलाई रक्तदानमा सहभागी भई जीवन बचाउने पुण्य कार्यमा हातेमालो गर्न आग्रह गरेको थियो । ‘तपाईंको सानो योगदानले कसैको जीवन बच्न सक्छ,’ थाई एयरवेजले भनेको छ ।

कार्यक्रममा १ सय ३१ जना रक्तदाताहरूले स्वेच्छिक रूपमा रक्तदान गरेका थिए। तीमध्ये सोसाइटी इन्टरनेशनल ट्राभल्सका कर्मचारी, ग्राहक, ट्राभल व्यवसायी तथा पर्यटन क्षेत्रका विभिन्न प्रतिनिधिहरूको सहभागिता उल्लेखनीय रह्यो।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीले आवश्यक चिकित्सकीय उपकरण, विज्ञता तथा निगरानी प्रदान गरेको थियो । 

थाई एयरवेजबारे :

थाई एयरवेज इन्टरनेशनल थाइल्यान्डको राष्ट्रिय ध्वजावाहक एयरलाइन हो । जसले काठमाडौंदेखि बैंककसम्म दैनिक दुईवटा उडान सञ्चालन गर्छ। एयरवेजले एसिया, युरोप तथा अष्ट्रेलियाका प्रमुख गन्तव्यहरूसम्म सञ्जाल विस्तार गरेको छ। सेवा, सुरक्षा र दिगोपनप्रति प्रतिबद्ध रहेको थाई एयरवेज सामाजिक उत्तरदायित्वका क्षेत्रमा पनि सक्रिय रहँदै आएको छ।

जीएसए सोसाइटी इन्टरनेशनल ट्राभल्सबारे :

नेपालमा विमान सेवाहरूको जीएसए प्रतिनिधित्व गर्ने प्रमुख संस्था जीएसए सोसाइटी इन्टरनेशनल ट्राभल्स थाई एयरवेजको आधिकारिक प्रतिनिधिका रूपमा कार्य गर्दै आएकाे छ। कम्पनीले यात्रुहरूलाई समग्र ट्राभल समाधान प्रदान गर्नुका साथै नेपालमा विभिन्न सामुदायिक सेवा तथा सीएसआर कार्यक्रमहरूमा सक्रिय भूमिका खेल्दै आएको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.