ताप्लेजुङ । पूर्वी हिमाली जिल्ला ताप्लेजुङमा साउन महिनामा मात्रै डेंगीका पाँच जना बिरामी भेटिएका छन् ।
गत आर्थिक वर्षमा ३७ र त्यसअघि ३५ जना संक्रमित देखिएकोमा यस वर्षको साउनमा मात्रै पाँचजना डेङ्गी संक्रमित भेटिएपछि सन्त्रास बढेको छ ।
जिल्ला प्रशासन कार्यालय र जनस्वास्थ्य कार्यालयले बिहीबार बिहानदेखि जनचेतनामूलक कार्यक्रम सुरू गरेका छन् । सदरमुकाम फुङलिङमा लामखुट्टे मार्ने अभियानपनि सन्चालन गरिएको छ ।
यसलाई सरकार कार्यालय, संघसंस्थाको कार्यालय हुँदै सार्वजनिक स्थल र निजी क्षेत्रमा पनि प्रभावकारी ढंगले अगाडि बढाउने प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो।