गर्मी बढेसँगै बालबालिकामा मौसमी रोगको संक्रमण, कान्तिबालमा बिरामीको चाप बढ्यो

श्रावण ९, २०८२ |कान्तिपुर टीभी संवाददाता
गर्मी बढेसँगै बालबालिकामा मौसमी रोगको संक्रमण, कान्तिबालमा बिरामीको चाप बढ्यो

काठमाडौं । गर्मी बढेसँगै बालबालिकामा मौसमी रोगको संक्रमण देखिन थालेको छ । काठमाडौंको कान्तिबाल अस्पतालमा मौसमी समस्या लिएर उपचारमा आउने बिरामीको संख्या बढेको छ ।

अस्पतालकाअनुसार अहिले वहिरंग र आकस्मिक सेवाका लागि दैनिक एक हजार बिरामी आउने गरेका छन् । जबकी असारसम्म यो संख्या दैनिक ७ सयको हाराहारीमा हुने गरेको थियो । अहिले मौसमी समस्याका कारण विशेषगरी ज्वरोको बिरामी बढी आउने गरेका हुन् । 

कुल बिरामीमध्ये ८० प्रतिशत ज्वरोको समस्या लिएर आउने गरेको अस्पतालले जनाएको छ । कतिपय बिरामी निमोनिया, टाइफाइड, झाडापखालाका छन् । त्यसबाहेक दम र रूघाखोकीका बिरामी पनि बढेका छन् । टाइफाइड र निमोनिया भएकाहरूलाई भर्ना नै गर्नुपरेको अस्पतालले जनाएको छ ।

अस्पतालले अहिलेको मौसममा बालबालिकालाई धेरै चिसो पदार्थ नदिन, घरबाहिर निस्कनु परे मास्क लगाइ सतर्कता अपाउनसमेत सुझाव दिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.